मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरराजनीतिसमाज

मेट्न नसक्ने इतिहास हो ‘जनयुद्ध’

कालीकाेट- ‘जनयुद्ध’ नेपालको इतिहास भइसकेको छ । १ फागुन २०५२ देखि ५ मंसिर २०६३ नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘माओवादी जनयुद्ध’ हो । यसको महत्व के हो ? यसको सामाजिक, वैचारिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक महत्व के हो ? यसको समर्थन र विरोधमा बृहत् बहस गर्न सकिन्छ तर यसलाई अस्वीकार गर्न सकिंदैन ।

जनयुद्धको प्रभाव र विस्तार यति व्यापक थियो कि त्यसको राजनैतिक एजेण्डाले प्रत्येक नेपालीलाई प्रभाव पाथ्र्यो । नेपालको राज्य एकीकरणपछिको सबैभन्दा ठूलो अभियान थियो । जनयुद्धको प्रभाव नरहेको कुनै भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, वैचारिक, सांस्कृतिक क्षेत्र छैन । हरेक नेपालीलाई या त समर्थक या त आलोचक बनाएको थियो ।

नेपाली जनयुद्ध हतियारबद्ध सशस्त्र युद्ध मात्र थिएन यो सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको संगठित इच्छा थियो । झापा विद्रोहको असफलतापछि मूर्छित नेपाली कम्युनिस्ट आन्दोलनको माओवादी धाराले यसलाई अगाडि बढायो । गाउँबाट शहर घेर्ने छापामार युद्धको चिनियाँ नेता माओत्सेतुङ रणनीतिलाई आधार माने पनि यो सशस्त्र र शान्तिपूर्ण गाउँ र शहर, वैधानिक र अवैधानिक, भौतिक र बौद्धिक, राजनीतिक र सैनिक, क्रान्तिकारी र सुधारात्मक अभियानको समग्र आन्दोलन थियो । जनयुद्धको हिंसात्मक र सैनिक पक्ष मात्रै देख्नु, अन्य पक्षहरू नदेख्नु अर्को भूल हुन्छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker