मिति:- ५ मंसिर २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचारसुचना प्रबिधी

पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो 

कालीकाेट- नेपालले पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात गर्दै छ । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशलाइ बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का, भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर भर्चुअलरुपमा बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

सम्झाैता अनुसार नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने  उल्लेख छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।

नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार हुँदै आएको छ । बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker