मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

बहुउदेश्यीय प्रशासनिक भवनको सिलान्यास

कालीकाेट- खाँडाचक्र नगरपालिकाको बहुउदेश्यीय प्रशासनिक भवनको आइतबार सिलान्यास गरिएको छ । नगर प्रमुख कमल बहादुर शाहीले उक्त भवनकाे सिलान्यास गर्नु भएकाे हाे । भवन सिलान्यास  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, वडाध्यक्ष, खाँडाचक्र नगरपालिकाका कर्मचारी र निर्माण सेवाका प्रतिनिधि समेतकाे सहभागीता रहेको बताइएकाे छ ।

भवन निर्माणकाे ठेक्का आरएनसि बिल्डसले पाएकाे छ । भवन निर्माण कार्य ३० महिनामा सम्पन्न गर्ने गरि निर्माण ब्यवसायी स‍ँग १९ कराेड ६२ लाख ६५ हजार ९ सय २५ रुपैयामा सम्झौता भएकाे प्राविधिक कम्मर बहादुर बमले बताउनु भयाे । ३६.४५ लम्बाइ र १५.४५ मिटर चाैडाइमा निर्माण गरिने भवन सात तलाकाे हुने छ । सबै शाखाहरु एउटै भवनमा अट्ने गरि भवनकाे डिजाइन गरिएकाे छ । २०७३ साल देखि नगरपालिका भाडामा घर बस्दै आएको थियो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker