मिति:- २८ भाद्र २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीयस्वास्थ्य खबर

के हो जापानीज इन्सेफलाइटिस ?

कालीकाेट- जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

मनसुनको समयमा सबैभन्दा जोखिम

वर्षायाममा संक्रामक रोगहरु बढी देखिन्छन् ।  यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ । पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।

यसले कसरी असर पार्छ ?

सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्‍याउन सक्ने हुन्छ ।

उपचार

जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै- ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

जापानी इन्सेफलाइटिस विरुद्ध खोप यसको मुख्य उपचार

यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र हो, जापानी इन्सेफलाइटिस विरुद्धको खोप । त्यसैले यसको संक्रमण हुन नदिन शिशुलाई जन्मिएको १२ महिनामा अनिवार्य खोप लगाउने गरिन्छ ।

जापानी इन्सेफलाइटिसबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ । यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button