मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

तीज पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउ

काठमाडाै- नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका  तीज एक संस्कृति बोकेको पर्व हो। नेपाली समाजमा यो पर्वको मौलिक रुपमा लिइन्छ विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्। अविवाहित महिलाहरू पार्वतीले जस्तै मनले चिताएको राजकुमार पाइयोस् भनेर व्रत बस्ने गर्दछन्। आफ्नो परिवार तथा छरछिमेकका आफन्तहरू लाई भेट्न पाउने अवसरका अतिरिक्त विवाह गरेर टाढा टाढा पुगेका साथी संगीहरु तीजमा भेट्न पाइने आफ्नो घरतिरको वेदना गुनासो वा खुसीको अनुभव गीतकै माध्यमबाट साटासाट गर्न पाइने हुनाले चेलीहरू निकै रमाउन पाउँछन् तीजलाई  स्वतन्त्रताको दिनको रुपमा नि हेर्ने गरिन्छl

      तीजको लोकप्रिय एवं मनोरञ्जनात्मक पक्ष नै तीजमा गाइने मौलिक गीत तथा नृत्य नै हो  तीन चार पुस्ता एकै ठाउँमा गीतमा छमछमी नाच्न अवसर दिलाउने यो पर्वमा आधुनिकताको नाममा मौलिकतालाई बिगार्ने प्रवृत्ति पनि बढेको पाइन्छ l  हिजो आज सहरी क्षेत्रको तीज  भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ तीजको मौलिकतामा कमी हुन थालेको स्थिति छ तीज हरेक वर्ष भाद शुक्ल तृतीया  का दिन मनाइन्छ अघिल्लो रात अर्थात्  द्वितीय का दिन दर खाने र तीजको दिन व्रत बस्ने गरिन्छ l तीजमा मा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ पोतेले शान्ति र आनन्द प्रदान गर्छ भन्ने रातो टीका सौभाग्यको  प्रतीकको रूपमा लिइन्छ नेपाली महिलाले एकदिन भएपनि राम्रो लाउने मिठो खाने स्वतन्त्र हुने धक  फुकाएर नाच गान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व पनि हो।
           भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री  पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। त्यो दिन यही हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउँदै आएका छन् बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी चेली भान्जीहरुलाई घरसम्मै माइती   लिन जानी र माइतमा एक साथ एक भेला हुने रमाइलो भेटघाट बीच मिठो एवं स्वादिष्ट दरखाने व्रतबसी सामूहिक पूजा लगाउने र नाचगानका माध्यमले आफ्ना दुःख सुखका पिर मर्का व्यक्त गर्ने अवसर तीजले नै जुराउँछ l
           हाम्रो सांस्कृतिक मान्यताहरू समाजलाई समयअनुसार रूपान्तरण गर्दै अगाडि बढ्नुपर्दछ। माइतीको आँगनमा आफ्नो मनका पीडाहरु गीत मार्फत व्यक्त गर्ने चाड हो हरितालिका तीज  l यसलाई हामीहरुले समाजमा संस्कृतिको रुपमा बचाउँदै लैजान सक्नुपर्दछ मादल बासुरी तीजका  कोकिल  कण्ठबाट दिदीबहिनीहरुले भाका मिलाएर गाउने मादलको तालमा छमछमी नाच्ने यो स्थानीय रैथाने कला अहिले फरक हुँदै आएको देखिन्छ पार्टी प्यालेसहरूमा गएर तीजलाई नमनाएर आफ्नै छर छिमेकमै मिलेर घर आँगनमा तीज पर्वलाई सभ्य भव्य सुसंस्कृत बनाउनु नारीहरूको महान पर्व तीजको महत्व यसमा झल्काउँछ l
https://www.adbl.gov.np/

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button