मिति:- २८ भाद्र २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

खल्लागाडमा हाइस दुर्घटना, ८ जना घाइते

कालीकोट- कर्णाली राजमार्गको तिलागुफा-५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हाे  । दुर्घटना घाइते भएका मध्ये ५ को अवस्था चिन्ताजनक छ । ३ जना सामान्य छन् । गाडीमा १८ जना सवार थिए ।

दुर्घटनामा परि सिंजा-३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी-६ का ३९ वर्षीय कर्ण भण्डारी गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनु भयाे ।

त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते  भएका छन् । घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button