मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली प्रदेश सरकार, आन्तरिक हवाई उडानको तयारीमा

कालीकोट- कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनका लागि काम शुरु गर्ने भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीका लागि फागुनभित्रै काम अगाडि बढाउने जनाएको छ ।

प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउदै छ ।

मुख्यमन्त्री राजकुमार शर्मा नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता र सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङ्गेललगायतले हवाई उडानका लागि मंगलबार विमानस्थलको अवलोकन गर्नुभएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button