मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

प्रसुति बेथा लागेका दुई महिलाको हवाई उदार

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालिकोटले बुधबार प्रसुति बेथा दुई महिलाको उदार गरेको छ । पलाँता गाउँपालिका ६ बस्ने बर्ष ३५ की रिउली रोकाया स्थानीय स्वास्थ्य चौकी खिनमा प्रसुति हुन नसकेपछि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ । त्यस्तै पचलझरना गाउँपालिका ९ बस्ने बर्ष ३० की औसी तिरुवालाई स्थानीय स्वास्थ्य चौकी राम्नाकोटमा प्रसुति गराउन नसकिने अवस्था आउपछि हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगिएको हो ।

२३ गते स्वास्थ्य चौकी खिनमा भर्ना भएका रोकायाको पहिले नै मुटुको शल्यक्रिया गरिएको र त्यहाँ प्रसुति गराउन सम्भव नभएकाले हेलिकप्टर मार्फत उदारका लागि जिल्ला प्रशासन कार्यालय कालिकोट लाई पत्रचार गरिएको पलाँता ६ का वडा अध्यक्ष ज्ञानबहादुर ऐडीले बताउनु भयो ।
प्रसुतिका लागि स्वास्थ्य संस्था आएकी तिरुवाको बच्चाको टाउको अड्कीन गई प्रसुति पिडा बढ्दै गएपछि हेलिकप्टर मार्फत उदार गरिदिन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनु भयो । दुबै स्थानीय तहबाट प्राप्त पत्र, भौगोलिक बिकता र समस्याको उचित सुनुवाई गर्दै जिल्ला प्रशासन कार्यालयले मार्फत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिपती महिला उत्थान समन्वय इकाईका पत्रचार गरि उदार गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सूचना अधिकारी सरोज अधिकारीले बताउनु भयो ।

 

पुर्णसिह बम

पत्रकार पुर्णसिंह बम कालीकोटमा बसेर फोटो पत्रकारीता गर्नु हुन्छ ।

Related Articles

Back to top button