मानवअधिकारको अवस्था बुझ्दै आयोग

कालीकोट– राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय कार्यालय सुर्खेतको टिम कालीकोट आएको छ । प्रदेश कार्यालय स्थापना पछि पहिलो पटक कालीकोट आएपुगेको टिममा आयोगका चार जना कर्मचारी सहभागी छन् । आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोलाको संयोजकत्वमा, कार्यालयका लेखापाल, कार्यालय सहयोगी र सवारी चालक सोमबार कालीकोट पुगेका हुन् । आइतबार तिलागुफा नगरपालिका–१० को रानावाडा पुगि कार्तिकमा बम विस्फोट हुँदा मृत्यु तथा घाइते भएका बालवालिकाका आफन्त संग भेटघाट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएको छ । बम बिस्पोटबाट २ बालिकाको मृत्यु भएको थियो भने ३ बालबालिका घाइते भएका थिए ।
प्रदेशक प्रमुख बास्तोलाले कालीकोट पुगेर जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख तथा नागरिक समाजका प्रतिनिधि भेटघाट गर्नु भएको छ । भेटघाटका क्रममा नागरिक समाजका प्रतिनिधिले बिद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेको, कर्णाली राजमार्गमा पुल नबनेको तथा राजमार्गको स्तर उन्नती नगरिएको, जातिय बिभेद कायमै रहेको, नुनको अभाव रहको लगाययतका बिषयमा आयोगका ध्यान जानु पर्ने कुरा राखेको थिए । आयोगले होटल चन्द्रसुर्यमा पत्रकार,नागरिक समाज अगुवा र दलित अधिकारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Entdecken Sie die besten bewerteten Online-Casinos des Jahres 2025. Vergleichen Sie Boni, Spielauswahl und Vertrauenswürdigkeit der Top-Plattformen für sicheres und lohnendes SpielenBonusangebot