
कालीकोट– पत्रकार महासंघ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । “मर्यादित पत्रकारीता सुरक्षित पत्रकार,श्रम अधिकार प्रेस स्वतन्त्रता हाम्रो अधिकार” भन्ने मुलनाराका साथ ६८ औं स्थापना दिवस मनाइएको हो । प्रतिमाचोक बाट सुरु भएको प्रभातफेरी कार्यक्रमको ¥याली जिरोपन्ट हुदै हिमचुली सहकारी संस्थाको हलमा पुगेर कोणसभामा गरिएको छ ।
पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, बिषेश अथिति पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा, अथिति प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि, प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमाल, सशत्र प्रहरीबलका डिएसपी मित्र श्रेष्ठ राजनीति दलका प्रमुख प्रतिनिधि, पत्रकार, नागरिक समाज, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका बक्ताहरुले पत्रकार राज्यको चौथो अंग भएकाले सबै क्षेत्रमा सक्रात्मक सुधारका लागि पहल कदमी लिनु पर्ने धारणा राखेका थिए ।
चैत्र १८ र १९ गते हुने भनिएको पत्रकार महासंघ कर्णाली प्रदेशको बार्षिक चुनावी साधारण सभा २१ र २२ गते हुने भएको छ । पत्रकार महासंघको चुनावी साधारण सभा नरहरीनाथको सुनथराली विमान स्थलमा हुने भएपछि अहिले त्यस क्षेत्रमा पुग्न सडकको अवस्था सुधार गरिएको, बिद्युत सेवा पुगाइएको र खानेपानी ब्यवस्थापन गरिएको अध्यक्ष भरतराज बिष्टले बताउनु भयो । अझै सुधारका केहिकामहरु भइरहेको उहाँले बताउनु भयो ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.