बन्यो बाटो, जोगियो ज्यान

कालीकोट– खाँडाचक्र नगरपालिका ३ को ताडीगाउँका स्थानीयले बाटो बनेपछि ज्यान जोगिएको बताएका छन् । नजिकको स्थानीय सरकारले बर्षौदेखि अधुरो रहेको लिस्नी भिरको बाटो निर्माणको काम सुरु गरेको छ । खाँडाचक्र नगरपालिकाले समानीकरणको ६ लाख बजेट विनियोजन गरेर यसै बर्षबाट ३ नं वडाको लिस्नीभिर बाटो निर्माणको काम सुरु गरेको हो । गाउँवाट मेलापात जान लिस्नी भिरको बाटो छोटो छ ।
बाटो छोटो भएपनि असाध्यै भिरालो भएकाले मेलापात गर्ने क्रममा भिरबाट लेडर तीन जनाको ज्यान गएको खाँडाचक्र ३ का वडा अध्यक्ष दधिप्रसाद पाण्डेले बताए । शनिबार कामको अन्तीम मुल्याङ्कनका लागि लिस्नीभिर पुगेको खाँडाचक्र नगरपालिकाका ईन्जिनियर रत्न भण्डारी भने बाटो निर्माण भएकोमा स्थानीय खुशी देखिन्छन् । सबैका लागि साझाँ प्राथमिकतामा पढेको लिस्नीभिर बाटो यस पटक गाउँमै सानो उपभोक्ता समिति बनाएर कामको सुरु गरिएको खाँडाचक्र नगरपालिका उपमेयर गणेश बहादुर शाहीले बताए । स्थानीय सरकारको बजेट भन्दा धेरै मुल्याङ्कन आउने गरि काम गरेको उपभोक्ता समितिका अध्यक्ष जग्ग प्रसाद पाण्डेले बताए ।
उनले भने हामीले हाम्रा लागि बाटो बनाउनु पर्ने भएकाले हामीले कडा मेहनतका साथ चट्टान र भिर फुटाएको छौं । ताडीगाउँ देखि रातीमाटि,लिस्नीभिर,बाँझपढ्ने थला, धुरा हुदैं माझपानी जोड्न सकिने लिस्नीभिरको बाटो यस बर्ष बजेट अपुग भएकाले अप्ठेरो ठाउँमा मात्र काम गरेर सकिएको छ । बाटो बनेपछि गाउँका करिव ५ सय भन्दा बढी घरधुरीका ३ हजार बढीले लिस्नी भिरबाटोको प्रयोग गर्ने स्थानीय अर्चना बोगटीले बताइन् ।
सधै लिस्नीभिरको बाटो हुँदै दाउँरा,घाँस गर्ने स्थानीय मिम्का पाण्डेले बाटो बनेपछि ज्यान जोगिएको बताइन् । भिरालो बाटो भएकाले मेलापात जाँदा घर पुग्छु पुग्दिन भन्ने चिन्ता हुन्थ्यो पाण्डेले सुनाइन् ।
करिव दश किलोमिटर रहेको गोरेटो बाटो पुर्णरुपमा निर्माण भएमा ताडी गाउँका स्थानीयको दिनचर्यानै फेरिने छ । घर निर्माणका लागि काठ, गाई, भैसीका लागि स्याउला घाँस र दैनिकी चलाउन दाउँरा स्थानीयले यहीँबाटो बाट ल्याउने गरेका छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.