चाफामाँडाैमा पढ्दै कमाउदै कार्यक्रम: ७ रोपनी जमिनमा तरकारी खेती

अछाम- अछामको रामारोशन गाउँपालिका २ चाफामाँडाैमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले प्राविधिक तथा व्यवसायी शिक्षा पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता दिएकाे छ।
शिक्षा विभागअन्तरगत रहेकाे एक पालिका एक प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले २०७६ साल सम्बन्धन पाएको थियो।
कृषि धार तर्फका बिद्यार्थिले सिजन अनुसार विभिन्न खालकाे तरकारी खेती गर्ने गरेका छन् । विद्यार्थीहरुले अहिले काक्रा,खुर्सानी ,प्याज लगायतकाे तरकारी खेती गरेका छन् ।
पढ्दै कमाउदै कार्यक्रमबाट बिद्यालयले बीउ बिजन खरिद गरिदिने गरेको बिद्यालयका प्रधानाध्यापक मनोज रावलले बताउनुभयो । तरकारी खेती बाट भएकाे आम्दानी कृषि धारका विद्यार्थीहरुनै खर्च गर्ने प्रावधान रहेकाे उहाँले बताउनु भयाे ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर आय आर्जन गर्ने योजनाको साथ यो कार्यक्रम सुरु गरिएकाे रामाराेशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताउनुभयो । यस कार्यक्रमले विद्यार्थीलाई अध्यायनका साथै प्रयोगात्मक सीपहरु सिकाउने र सानै उमेरदेखि सीपको ज्ञान हासिल गर्न सहज बनाउने उहाँले बताउन भयाे ।
विद्यार्थी र शिक्षकहरुकाे समुह बिभाजन गरेर कृषि सम्बन्धि कृयाकलापहरु गर्ने गरिएको छ । बिद्यार्थीहरुले ७ रोपनी जमिनमा तरकारी खेती गर्नुका साथै प्रयोगात्मक केन्द्रका रूपमा कार्य गर्दै आएका छन् ।