मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
गण्डकी प्रदेशताजाखबरमुख्य खबरसमाचार

गृहमन्त्री लामिछानेले बोलाए ‘भर्चुअल बैठक’

काठमाडौँ — उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी प्रजिअ र जिल्लास्थित सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक बोलाएका छन् । मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित ‘भर्चुअल मिटिङ’ आह्वान गरेको हो । लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका थिए । गृहको जिम्मेवारी सम्हाले लगत्तै लामिछानेले गृह प्रशासनबाट हुने कामकारबाहीलाई प्रभावकारी बनाउन आफू लागि पर्ने बताएका थिए । पदभार सम्हालेयता उनले सुरक्षा कार्यविधि विपरीत नेता तथा आसेपासेको अंगरक्षक, भान्से, चालक र अर्दली बनाएर खटाइएका प्रहरी र सशस्त्रका कर्मचारी फिर्ता गर्न निर्देशन दिएका थिए । त्यसयता दुवै सुरक्षा निकायले कार्यविधि विपरीत खटिएका करीब २ सयबढी सुरक्षाकर्मीलाई फिर्ता बोलाएका छन् । मन्त्री लामिछानेले मातहत सुरक्षा निकायका अधिकारीले पूर्व सहमति नलिई कूटनीतिक र राजनीतिक भेटघाट गर्न नपाउने गरी परिपत्र गरेका थिए ।

गृह मन्त्री लामिछानेले राहदानी लिन आम नागरिकले बेहोर्दै आएको सास्ती अन्त्य गर्ने भन्दै राहदानी विभागको स्थलगत निरीक्षण गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबारको भर्चुअल बैठक देशभरको प्रशासनिक र सुरक्षा अवस्थाबारे प्रजिअ र जिल्ला स्थित सुरक्षा प्रमुखहरुबाट जानकारी लिने, जिल्लाको अवस्थाबारे कुरा सुन्ने अनि प्रशासनबाट प्रवाह गरिने सेवा प्रवाहलाई थप चुस्त बनाउन आवश्यक निर्देशन दिनेमा केन्द्रीत हुने बताए । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकले खेप्नु परेका समस्या, त्यसको समाधानका लागि प्रशासनबाट गर्नुपर्ने पहल र समन्वय, बजार अनुगमन, शान्तिसुरक्षाको अवस्था, सीमा प्रशासनलगायत विषय भर्चुअल बैठकमा उठ्ने बताइएको छ । प्रजिअ जिल्ला सुरक्षा समितिको संयोजक पनि हुन् ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button