मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

पलाँतामा राहत सामाग्री हस्तान्तरण

कालीकोट– बाढी पहिरोले सबैभन्दा बढी क्षेती पुर्याएको पलाता गाउँपालिकामा पुगेर जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । बिहिबार नेपाली सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी शर्मा, सेनानी धनध्वज लामा, प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, सशत्र प्रहरीका प्रहरी नावय उपरिक्षक मित्रलाल श्रेष्ठ, जिल्ला अनुसन्धान कार्यालय प्रमुख रामअचल साह सहितको टोली पलाँताको कहरदेव, राडुनेटा,वेसैनकोट र दुर्सीमा पुगेका छ ।

जिल्ला सुरक्षा समितिका सदस्यहरुको अनुगमनले बिशेष महत्व राख्ने स्थानीयले बताएका छन् । समितिका सदस्यहरुले राहत स्वरूप खाद्य सामाग्री पलाँता पुर्याउनुका साथै कर्णाली करिडोरको क्षति अवलोकन समेत गरेको प्रहरी नायव निरिक्षक जयश्वर रिमालले बताउनु भयो । स्थानीय तहको समन्वयमा क्रमश राहत वितरण हुने बताइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button