राजमार्गलाई असर नपर्ने गरी सडक निर्माण गर्न अनुराेध

कालीकाेट- स्थानीय तहहरूमा सडक निर्माण गर्दा स्वीकृति लिएर मात्र सडक निर्माण गर्न सडक डिभिजन कार्यालय जुम्लाले अनुराेध गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाकाे कार्यक्षेत्रमा पर्ने विभिन्न (शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, छायानाथ रारा नगरपालिका) लाई सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनको लागि स्वीकृति लिएर वा डिभिजन कार्यालय सँग समन्वय गरी कार्य गर्न पत्राचार गरिसकिएको कार्यालयले जनाएकाे छ।
कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएका कारण राजमार्गमा ठूला-ठूला ढुंगाहरू खसेर सडकमा क्षति भएको, Road Safety Barrier मा समेत क्षति पुगेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएकाे छ । राजमार्ग बाट छुटिने सडकले वर्षाको समयमा हिलो सडकमा आइ सडक अवरुद्ध हुने गरेको छ । तिलागुफा नगरपालिकाले फोइमहादेव जाने सडक बनाएको कारण वर्षाको समयमा माटो र पानी सँगै लेदो बगेर सडकमा खस्ने गरेकोले भीग्म सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात सुचारु गर्नुपर्ने भएको छ ।
स्वीकृति विना जथाभावी खोलिएका पहुँच सडकहरुको कारण राष्ट्रिय राजमार्गहरुमा यातायात आवागमनमा सहज, अवरोध उत्पन्न भएको छ । कमजोर भूगोल भएको हाम्रो जस्तो क्षेत्रमा अत्यन्त वैज्ञानिक तवरबाट सडकहरुको निर्माण गर्नुपर्नेमा राष्ट्रिय राजमार्गहरु निर्माणको क्रममा नै विस्तृत एवं वैज्ञानिक अध्यायनविना सडक निर्माण गरिएको छ । सडक निर्माणको क्रममा प्राकृतिक रुपमा स्थिर रहेको जमिनलाई खलबल्याउँदा भीरपाखा वा जमिनको सन्तुलन गुम्न जान्छ र पहिरो आउँछ । असन्तुलित जमिनलाई सन्तुलित बनाउनको लागि आवश्यकता अनुसार विभिन्न संरचनाहरू निर्माण गर्नुपर्ने हुन्छ ।
कमजोर भूगोल भएको स्थानमा सामान्य वर्षाको समयमा पनि ठूलो क्षति हुने गरी पहिरोहरु आउन सक्ने सम्भावना रहन्छ । गत वर्षको असोज महिनाको १९ गतेदेखि आएको अविरल वर्षाले कर्णाली राजमार्ग तथा नाग्म गमगढी सडकलाइ क्षतविक्षत बनाएको थियो । यस्तो अवस्थाको सडकलाई वर्षाको समयमा सुचारु राख्नको लागि धेरै नै परिश्रम गर्नु पर्ने हुन्छ । विभिन्न स्थानीय तहहरुले शाखा सडक खोलेको कारण वर्षाको समयमा पानी र माटो मिसिएर हिलो बनी सडकमा आउनाले पटक-पटक यातायात अवरुद्ध भई सुचारु गर्नुपर्ने बाध्यता छ । स्थानीय तह तथा प्रदेशबाट सडकहरू निर्माण गर्नुपूर्व राजमार्गबाट छुट्टिने सडकहरु भएमा सम्बन्धित निकायबाट स्वीकृती लिएर तथा राजमार्गलाई असर नपर्ने गरी निर्माण गर्न अनुराेध गरिएकाे सडक डिभिजन कार्यालय जुम्लाका प्रखुम दिपेन्द्र बिष्टले बताउनु भयाे।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.