मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कालीकोट — आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । समन्वय समितिका प्रमुख आचार्यले जनतामाझ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्देश पुगिसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘निर्वाचन प्रजातन्त्रको आधार स्तम्भ हो । निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सकाउन सबै हातेमालो गर्न जरुरी छ ।’जुम्ला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश विष्णुप्रसाद गौतम नियुक्त हुनु भएको छ । उनलाई प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा हुने सम्भावना भएकाले सुरक्षामा विशेष ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सुझाव दिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनु सबै राजनीतिक दलहरुको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनु भयो । उहाँले भन्नु भयोे, ‘एकीकृत सुरक्षा योजना निर्माण गरेर निर्वाचनको बेला शान्ति सुरक्षा कायम गरिने छ । ट्रेड युनियनमा आबद्ध भई सक्रिय रुपमा राजनीतिमा लागिपरेका निजामति कर्मचारीलाई निर्वाचन प्रक्रियामा सहभागि गराइने छैन ।’
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.