मिति:- १७ चैत्र २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

घाइतेको पलाँता अस्पतालमा उपचार हुदै

कालीकोट–कालीकोटको पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुढा गर्दा घाइते भएका प्रहरी सहायक निरिक्षक सहित एक स्थानीयलाई सोमबार पलाँता अस्पताल पु¥याइएको छ । हेलीकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिए पनि हेलिकप्टर आउन नसकेपछि करिव ४ घण्टा ओरालो बाटो हिडेर घाइतेलाई सोमबार राती पलाँता अस्पताल पुगाइएको हो ।

बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा–५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयो ।

हत्कडी सहित भागेका अभियुक्तको खोजीका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको कमाण्डमा थप प्रहरी टोली घटना स्थल पुगेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

612 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker