मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

राष्ट्रिय प्रशारण लाइनका ५ बर्ष, किन जान्छ बिद्युत ?

कालीकोट– कर्णाली प्रदेशमा नेपाल बिद्युत प्राधिकरणले बिद्युत सेवा बिस्तार गरेको करिव ५ बर्ष पुगेका छ । बाँकेको कोहलपुर देखि सुर्खेत, दैलेख र कालीकोट हुदै ३३ केभी राष्ट्रिय प्रशारण लाइन जुम्ला र मुगु पुगेको छ । राष्ट्रिय प्रशारण लाइन पुग्दा कर्णालीका धेरै बस्तीहरुमा स्थानीयले अविरजात्रा गरेका थिए । गाउँघरमै राष्ट्रिय प्रशारण लाइन पुगेपछि दियालोको अन्त्य भयो । सोलारको रेखदेख घट्यो, टुक्की हरायो । औली क्षेत्रमा (नदि किनार) फ्रिज चल्न थाले । हिमाली क्षेत्रमा हिटर बल्न थाले । बिद्युतीय उपकरणको उल्लेख्य बृद्धी भयो । बिद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा गैह्सरकारी अफिस, ब्यवसाय गरी रहेका ब्यपारीले समेत प्रत्यक्ष बिद्युतको लाभ लिन थाले । घर–घरमा मिटर बक्स जडान भए । तर स्थानीय बासिन्दाको त्यो खुशी सधै रहेन । हावाहुरी र पानी पर्ना साथ बिद्युत अवरुद्ध हुन्छ । स्वास्थ्य संस्थामा उपचार गराइ रहेको बिरामी, बार्षिक परिक्षाको तयारी गर्दै गरेको बिद्याथी, सरकारी कार्यालयमा दैनिक कामकाजका लागि लाइन बसेको सेवाग्राहीले बिद्युत गएपछि सास्ती खेप्नु पर्छ ।
किन जान्छ त ? बिद्युत
प्राबिधिकका अनुसार ३३ केभी राष्ट्रिय प्रशारण लाइन करिव ५० किलो मिटर सम्म बिस्तार गर्न मिल्छ । कोहलपुर देखि सुर्खेत सम्म करिव ८६ किलोमिटर बिद्युत लाइन सडकको छेउछाउ हुदै आएको छ । सुर्खेत देखि कालीकोट १ सय ५५ किमी, मान्म देखि नाग्मा ५० किमी, नाग्मा देखि जुम्ला खलंगा ३२ किमी बिद्युत लाइन तानिएको छ । त्यस्तै नाग्मदेखि गमगडीमुगु सम्म ९३ किमी छ । बिद्युतको लाइन लामो हुनु, घनाजंगलको बिचबाट लाइन तानिनु र भौगोलिक बिकटता हुनु बिद्युत नियमित आपुर्ति हुन नसक्नुका मुख्य समस्या हुन् । नेपाल बिद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार कर्णालीमा १ लाख ७० हजार भन्दा बढी सेवाग्राहीले छन् । २०७७ साल साउन महिनामा कालीकोट र जुम्ला २०८० भदौ महिनामा मुगुमा बिद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेको थियो ।
कर्णालीमा नियमित बिद्युत सेवा हुन अझै समय लाग्ने
कोहलपुर देखि दैलेख १ सय ३२ केभी प्रशारण लाइन जोड्न यसै बर्ष डेन्डर हुदैछ । दैलेख देखि जुम्लाका लागि अर्को बर्ष काम गर्ने गरी बजेट ब्यवस्थापनका लागि नर्बेजिएन सरकार संग समन्वय भइरहेको छ । कालीकोटको पोतमारामा रहेको सान्नीगाड साना जलबिद्युत आयोजना यसै बर्षबाट मर्मत कार्य सुरु गर्न तीन करोड बजेट ब्यवस्था गरिएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी उपनिर्देशक मनोज सिलवालले बताउनु भयो ।
कर्मचारीलाई सास्ती उस्तै
घनाजंगलको बिच बाट लामो बिद्युतीय लाइन भएका कारण बेला–बेला बिद्युत अवरुद्ध हुँदा फल्ट पत्तालगाउन कर्मचारीले खेप्नु पर्नेको सास्ती कम्ती छैन । बिद्युत लाइन मर्मत गर्न जाँदा कुनै दिन त कर्मचारीको खाना चाउँचाउँ र बिस्कुट मात्र हुने गरेको एक कर्मचारीले दुखेसो पोखे । बत्ती जाने बित्तीकै फोन आउन्छ, कहाँ के भयो भनेर खोज्दै आँखाले चियाउदै हिड्नु पर्छ । भिरालो जमिनका अग्गा–अग्ला पोलमा चड्न पर्छ । बर्षायाममा कतै पोल ढलेर त कतै रुखको हाँगाबिगा लागेर बत्ती जाने गर्छ । रुख काट्न वनले दिदैन, हाँगा काटे फेरी पलाउन्छ । बत्ती गयो की हाम्रो होस् उड्छ भन्दै कर्मचारीले दुख पोखे ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker