मिति:- २ कार्तिक २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ

कालीकोट–पलाँता गाउँपालिका ८ निवासी राजेन्द्र रोकायाले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । रोकायाले आफ्नै श्रीमती अन्दाजी २९ बर्षिया उर्मिला रोकाया १७ गते माइती घर जान्छु भनेर गएको तर माइती घर नपुगेपछि खोज खबर गर्दा देउगैडा भिरबाट लडी मृत्यु भएको बताएका थिए । घटनाको खबर पाउना साथ प्रहरीको टोलीले घटना स्थलको अध्यायन अनुसन्धान गर्दै जाँदा प्रतिवादी राजेन्द्र रोकायाले श्रीमतीलाई कुटपिट गरि हत्या गरि डोकोमा हालि उक्त भिरमा लगि फालेको खुल्ल आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनु भयो । जिल्ला अदालत कालिकोटबाट पाँच दिनको म्याद लिइ प्रहरीले रोकाया माथि थप अनुसन्धान गरि रहेको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker