कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
अन्तरजिल्ला सामाजिक सुरक्षा नविकरण सुरु

कालीकोट– महाबै गाउँपालिका स्थायी ठेगाना भइ सुर्खेतमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा लाभग्राहीलाई महाबै गाउँपालिकाले सुर्खेतबाटै सेवा दिन सुरु गरेको छ ।
बृद्धबृद्धाहरु शारिरीक रुपमा हिडडुल गर्न निकै कठिनाई हुने र आवतजावत गर्दा खर्च बढ्ने भएकाले सोमबार देखि सुर्खेतबाटै सेवा दिन थालिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिह भिजनले बताउनु भयो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचय पत्र नविकरण गर्न कार्यका लागि सुर्खेतको कुमाइचोकमा अस्थायी सेवा कार्यालय संचालन गरिएको छ ।
सेवा प्रवाहका लागि मनराज कार्की र लाल बहादुर सिंहलाई जिम्मेवारी तोकीएको अध्यक्ष सिंहले बताउनु भयो । लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कार्ड नविकरण गर्नका लागि नेपाली नागरिकताको फोटो कपी, राष्ट्रिय परिचय पत्र र चेकको फोटो कपी पेश गर्नु पर्ने छ ।