मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसुचना प्रबिधी

सरकारले सप्टवेयर क्षेत्रमा लगानी गर्न सकेन- अधिकारी

काठमाडाै-  सरकारले लगानी भनेर केवल नगदलाई मात्रै हेर्यो । आईटी क्षेत्रमा लगानी भएको ज्ञान, सिप र समयको कुनै मूल्य दिइएन । जुन कार्य त्रुटीपूर्ण छ । नेपाल सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि जसरी किसानलाइ सहुलियत ऋण प्रदान गर्छ त्यसरी नै नेपाली सफ्टवेयर निर्माण कम्पनीहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गरिनु आवश्यक छ ।
नेपालको पहिलो बैकिङग सफ्टवेयर पुमरीले (#PUMORI), कुनैबेला नेपालको ८० प्रतिशत मार्केट लिएको थियो। आज किन डाइनोसर जसरी लोप हुदैँ छ? भन्ने बिषयमा सरकारले चाँसाे र चिन्ता लिन ढिलाे भइसक्याे ।
फिनाकल (#FinacleCoreBanking) विदेशी सफ्टवेयर जुन गतिमा नेपाली मार्केटमा छ, त्यो गतिलाई रोक्नकोलागि सरकारले सफ्टवेयर क्षेत्रमा आवश्यक लगानीको वातारण बनाउनुपर्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले ढिला गर्नु हुदैन।
सरकारले विभिन्न सुचना र प्रविधीसगँ सरोकार राख्ने निकायसँग समन्वय गर्न सकेको छैन। अहिलेसम्म कुनै पनि धर्ना, अनशन, आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम गरि सरकारलाई दबाव सिर्जना नगरेर सरकारले हेपेको होकी भन्ने हाम्राे बुझाइ छ ।
आईटी क्षेत्रमा निजि क्षेत्रको खर्बौ लगानी छ । यसलाई सरकारले उचित ध्यान दिन नसकेको छैन । नेपाल बन्छ जब नेपालमै बनाईन्छ, सफ्टवेयर बाट समृद्धि भन्ने नारलाई सबै मिलेर साकार पारौ । अनि मात्र सम्भव छ, समृद्धि र विकास ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker