मिति:- २९ मंसिर २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी बाट हटाइयो

कालीकोट–खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । मंगलबार खाँडाचक्र नगरपालिकालाई पत्र लेख्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाहीलाइ दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।
नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले प्रशासन शाखा अधिकृत छैटौं तहमा कार्यरत शाहीले आफुलाई आफै सातौं तहमा बढुवा गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही हुँदा हुदै अधिकृत छैंठौं तहका अविराज शाहीले आफ्नो पदस्थापन र बढुवा आफै तयार गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अवैध पत्र पठाएर कार्यकारी नियुक्त भएका हुन् । नियमानुसार नभएकाे भनि सबै तिरबाट बिरोध आएपछि मन्त्रालयले शाहीलाई जिम्मेवारीबाट हटाएको हो ।

शाहीलाइ जिमेवारीबाट हटाएकाे पत्र

२०७९ सालमा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत रहदा अबिराज शाहीले श्रीमतीलाई आफै नियुक्ती दिएर जागिर खुवाएको आरोप लागेको थियो ।

उनले २०७८ साल फागुन १ गते वाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौँमा आफ्नी श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफै हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जाने सम्मको सेटिङ मिलाएका थिए ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker