मिति:- १८ चैत्र २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिशिक्षासमाचारस्थानीय

तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा भाेली स्ववियु चुनाव हुदै

कालीकोट- तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा साेमबार (भाेली) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएकाे छ । स्ववियु सभापती पदका लागि तीन जना उम्मेदवारी परेकाे छ । 

सभापती पदका लागि अनेरास्ववियुबाट दिपा शाही, अखिल (क्रान्तिकारी)बाट हिक्मत सिंह र स्वतन्त्र रूपमा सर्मिला शाही चुनावी मैदानमा छन्। नेकपा एमाले निकट अनेरास्ववियुकी उम्मेदवार दिपा शाहीलाई नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले समर्थन गरेको छ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) उम्मेदवार हिक्मत सिंहलाई एकीकृत समाजवादी निकट अखिल (समाजवादी), विप्लव माओवादी निकट अखिल समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राप्रवि संघ र नेपाल मजदुर किसान पार्टी निकट नेपाल विद्यार्थी संघ (क्रान्तिकारी)को साथ रहेको छ।

स्वतन्त्र उम्मेदवार सर्मिला शाही भने कुनै दल वा संगठनसँग सहकार्य नगरी स्वतन्त्र प्रतिस्पर्धामा छन् । स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि मात्र नभई राजनीतिक दलहरूका लागि समेत चासोको विषय बनेको छ। 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker