
कालीकोट- खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका ७ छाप्रेका १७ वर्षीया राजेश शाहीको मृत्यु भएको थियो । कुटपिटबाट १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन् ।
बुधबार राति खाँडाचक्र-१० चौकीस्थित हस्तबहादुर मल्लको नयाँ घर बनाउदा गरिने पूजा (पछेटा) मा रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन रहेकाे आराेपमा खाँडाचक्र ९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनु भयाे।
सुरुमा कुटपिट गर्ने ५ र अन्तिममा चक्कु हान्ने १ गरी ६ जना पक्राऊ परेका छन् । प्रहरीले सोधपुछका लागि घरमा पछेटा (नयाँ घरको पूजा आयोजना) गर्ने घर धनीका पती-पत्नीलाई समेत जिल्ला सदरमुकाम मान्म ल्याइएको छ । घटना स्थल चौकीगाउँ सदरमुकाम मान्म देखि ३५ किमी टाढा पर्छ ।