कालीकोट- पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग सूचारु भएकाे छ । शुक्रबार राति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको थियाे । शनिबार बिहानै देखि पहिरो हटाउने काम सुरु भइरहेको र दिउसाे ४ बजे बाट राजमार्ग सूचारु भएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । राजमार्ग सूचारु भएपछि राेकीएका यातायातका साधनहरु गन्तब्य तर्फ लागेका छन् ।