धारीमा खानेपानी पुगेपछि स्थानीय खुशी

कालीकोट– नरहरीनाथ गाउँपालिका १ धारीमा खानेपानी पुगेपछि स्थानीय खुशी भएका छन् । दैनिक दिन खानेपानी बोक्नकै लागि घण्टौ समय खचिर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । बिहानको समयमा खानेपानी बोक्न जाने बावालिकाले समेत अहिले पढ्न पाएका छन् ।
खानेपानी बोक्नकै लागि बिहान २ घण्टा र बेलुका २ घण्टा खर्चिने सर्मिला भण्डारा बिष्टले अहिले करेसा बाढीमा तरकारी खेती गर्न थालेकी छन् । सुक्खा ठाउँमा प्रयाप्त मात्रामा शुद्ध खानेपानी पुगेपछि त्यहाँका स्थानीय नागरिकले समयको बचत संगै आर्थिक कृयाकलाप गर्न थालेका छन् । वडा नं १ धारी बस्तीको १ सय ८ घरधुरीमा खानेपानी पुगेको गाउँपालिका गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताउनु भयो । हेल्भेटास स्विस ईन्टरकोअप्रेसन संगको लागत साझेदारीमा गाउँपालिकाले धारी बस्तीमा खानेपानी पुगाएको हो । मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजीकरणमा त्यहाँ खानेपानी सरसफाइ तथा स्वच्छताका कार्यक्रमहरु संचालन भइरहेका हुरेन्डेक नेपालका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले बताउनु भयो ।