मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

कालीकोट– कालिकोटमा स्वास्थ्य बिमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७४ सालमा जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको थियो । ०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ । पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपनि ९२ हजार १ सय ५३ अर्थात ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । स्वास्थ्य बिमाका बारेमा स्थानीयलाई पुर्ण जानकारी नहुनु, एजेन्टहरु घर–घरमा नजानु र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले जिल्लाका सबै नागरिकहरु स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।

सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी संक्रमित र जेष्ठ नागरिकको निशुल्क बिमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका यस्ता बर्गलाई बिमाले लाभ हुने भएपनि त्यसबारे जानकारी नै नहुँदा उनीहरु बिमा सेवाबाट बञ्चित छन् ।

बिमा कार्यालयका अनुसार ६ वर्षमा बिमा गराएका ५३ हजार १ सय ३९ मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेर बिमा गराएका हुन् । ३१ हजार ८४ अतिगरिव, १ हजार ७ सय ४ अपांग, १ सय ५५ एचआइभि संक्रमित, ३० कुष्ठरोगी, २ सय ४ एमडिआरटिभि, २ हजार १ सय ४७ जेष्ठनागरिक र १ सय ७३ महिला स्वास्थ्य स्वयम सेविकाले स्वास्थ्य बीमा गरेका छन् । महिला स्वास्थ्य स्वयम सेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने ब्यवस्था रहेको स्वास्थ्य बीमा कार्यालय कालिकोटका जिल्ला संयोजक सर्पराज रोकायाले बताए । जिल्ला महिला स्वास्थ्य स्वयम सेविका संख्या २ सय ९८ जना रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटल महतले बताउनु भयो ।

ग्रामीण क्षेत्रका स्थानीयको आर्थिक अवस्था कमजोर रहेको र उपचार खर्च जुटाउन नसक्दा अकालमा ज्यान गुमाउने समस्या रहेको भन्दै सरकारले २०७२ देखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button