मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
गण्डकी प्रदेशज्ञानविज्ञानताजाखबरमुख्य खबरशिक्षासमाचारसुचना प्रबिधी

माघ २५ देखि २९ गतेसम्म काठमाडाैंकाे भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला स‌चालन हुने

काठमाडाै‍- सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकारका लागि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले २९औं संस्करणको क्यान इन्फोटेक मेला स‌चालन गर्ने भएकाे छ ।

क्यान इन्फोटेक मेला माघ २५ देखि २९ गतेसम्म काठमाडाैंकाे भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा हुनेछ । इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्राइभेट लिमिटेड रहेको छ । प्रायोजनका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम एस पावर क्यान इन्फोटेक २०२४ रहेको छ । मेलाको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि रहेकाे छ ।

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो । योपटक क्यान इन्फोटेकको टिकेटिड पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु. २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ क्यान महास‌घका अध्यक्ष रन्जित कुमार पाेदारले बताउनु भयाे ।

त्यस्तै, नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिनेछ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिने भएकाे छ ।

सूचना तथा सञ्चार प्रविधि मेलामा क्यान महासंघका सदस्य सस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथ नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।

यो मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास क्यान महासंघले लिएकाे छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर मिल्ने क्यान महासघका महासचिव चिरन्जिवि अधिकारीले बताउनु भयाे ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगे आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्धन गरिएको छ। नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ । यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

गल्ली म्याप्समार्फत क्यान इन्फोटेक २०२४ को स्टलको स्थान तथा कम्पनीको ठेगाना म्यापमार्फत प्रदान गरिनेछ । त्यस्तै, मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ। यसअन्तर्गत infotech.can.org.np मा रेजिस्ट्रेसन गरी भर्चुअल अवलोकन गर्न सकिनेछ ।

क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ। मेलामा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिए‌का प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने र मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने क्यान महासंघकाे दाबी छ । याे मेला सम्पन्न भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने पनि जानकारी गराइएकाे छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker