मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजसुचना प्रबिधीस्थानीय

कालीकोटको रास्कोटमा बिद्युत महसुल काउन्टर

कालीकोट– नेपाल बिद्युत प्राधिकरण कालीकोट बितरण केन्द्रले कालीकोटको रास्कोटमा बिद्युत महसुल तथा फियुज सेवा सुरु गरेको छ । सोमबार प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले एक कार्यक्रममा बिच महसुल काउन्टरको उद्घाटन गर्नु भएको हो । रास्कोट क्षेत्रमा करिव एक हजार भन्दा बढी ग्राहक संख्या रहेको नेपाल बिद्युत प्राधिकरण कालीकोट बितरण केन्द्र प्रमुख विमल शाहले बताउनु भयो ।

त्यस क्षेत्रका नागरिक एक दिनको बाटो हिडेर बिद्युत महसुल बुझाउन जिल्ला सदरमुकाम आउनु पर्ने समस्याको अन्त्य भएको छ । कालीकोटका सबै वडा र बस्तीहरुमा बिद्युत सेवा बिस्तार गरिने माननीय महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । तत्काल बिद्युत, सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमहरु संचालन गर्ने नगरपालिकाको लक्ष्य रहेको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणले बताउनु भयो । साविकको मेहेलमुडी, मुम्रा, सिप्खाना, स्युना र फुकोट गाविसले रास्कोट काउन्टरबाटै बिद्युत महसुल तिर्न सक्ने छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button