
कालीकाेट- नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालकाे कर्णाली प्रदेश समिति अध्यक्षमा प्रेमराज सिम्खडा चयन हुनु भएको छ । शनिबारबाट सुरु भएको चौतारीको कर्णाली प्रदेश अधिवेशनले सिम्खडा को नेतृत्वमा नयाँ समिति चयन भएको हाे ।
समितिकाे उपाध्यक्षमा हिक्मत नेपाली, सीता वली, महासचिवमा ओम शाही र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । त्यस्तै, सचिवहरूमा सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा र जगतदल विक चयन भएकाे जानकारी प्राप्त भएकाे छ ।