ताजाखबरमुख्य खबरसमाचारसुदुरपश्चिम प्रदेशस्थानीय
बाजुरामा बोलेरो दुर्घटना तीन जनाको मृत्यु

कालीकोट– हिमाली गाउँपालिका ५ क्युडीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ क्युडीमा ३५ बर्षिय जुनेली रोकाया, ७० बर्षिय बिजौरा रोकाया र ६५ बर्षिय बाँचा रोकाया रहेको वडा नं. ५ वडा अध्यक्ष प्रदिप बुढथापाले बताउनु भयो ।
क्युडीबाट धुलाचौर जान छुटेको शाही जी ट्राभल्स बा.प्र ०३०००१ ज ०३३८ नम्बरको बोलेरो जीज मोडमा अनियन्त्रीत भइ दुर्घटना भएको हो । दुर्घटनामा १६ जना गम्भिर घाइते भएका छन् । जीपमा २६ जना सवार रहेको बताइएको छ ।