कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
रास्कोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (नीति तथा कार्यक्रम सहित)
कालीकोट- रास्कोट नगरपालिकाले आ.व २०८१/२०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार रास्कोट नगरपालिकाको आरसिपि बजारमा रहेको नगरपालिका भवनको सभाहलमा १४ औं नगर सभाको उद्घाटन् गर्दै नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरसभामा नगर उपप्रमुख मनिराज बरालले आ.व २०८१/२०८२ को बार्षिक बजेट सार्वजनिक गर्नु भएको छ । नीति तथा कार्यक्रममा १०० जना युवालाई रोजगारी दिने देखि गोठालो भत्ता सम्म उपलब्ध गराइने उल्लेख छ । नगरपालिकाले आ.व २०८१/२०८२ का लागि ५१ करोड ९ लाख ७२ हजार ५ सय ७६ रुपैया बजेट सार्वजनिक गरेको स्थानीय हुकुम बहादुर शाहीले बताउनु भयो ।रास्कोट नगरपालिकाको आ.व २०८१२०८२ को नीति तथा कार्यक्रम