मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग भोलीबाट सुचारु हुने

कालीकोट- बुधबार रातीको बर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग भोली आइतबार बाट संचालन हुने भएको छ । सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रहरी कार्यालय कालीकोट र स्थानीय बासिन्दाको सहयोगमा कर्णाली राजमार्ग अन्तरगत कालीकोट खण्डको पहिरो पन्छाउने काम सकिएको उद्योग बाणिज्य संघ कालिकोटका उपाध्यक्ष जनक बहादुर शाहीले बताउनु भयो ।

शाहीका अनुसार शनिबार सडक अनुगमनका लागि उद्योग बाणिज्य संघको टिम दहिखोला पुगेको थियो । शनिबार साँझ सम्म कालीकोट खण्डमा गाडी सूचारु भएको र दैलेख खण्डमा आइतबार काम सकिने गरी कार्य भइरहेको बताइएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button