मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

करिव दुई करोड भन्दा बढीको स्याउ खेर जाने चिन्ता

कालीकोट– मुगु, जुम्ला र कालीकोटका बिभिन्न क्षेत्रबाट संकलन गरेर ल्याएका स्याउ तीन दिन देखि ताडी बसपार्कमा थन्किएका छन् । कर्णाली राजमार्ग अवरुद्ध भएपछि स्याउ ल्याएर आएका ६३ भन्दा बढी मालबहाक ट्रक बसपार्कमा रोकीएका हुन् । सडक अभावका कारण करिव दुई करोड भन्दा बढीको स्याउ खेर जाने चिन्ता जुम्लाका किसानले चिन्ता ब्यक्त गरेका छन् ।

बुधबार रातीको बर्षाका कारण पहिरो संगै आएको बाढीले गगनेखोला, दहिखोला, एसमोड, किटु, हुल्म लगायतका क्षेत्रमा ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रहरी कार्यालय कालीकोट, सशत्र प्रहरी बल कालीकोटको टिम फिल्डमा खटिरहेको छ ।

सडक संचालनका लागि बिहिबार बिहानै देखि काम सुरु गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । कडा चट्टान र भिरालो भुवनोवटका कारण काम गर्न निकै कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो । डिएसपी केसीका अनुसार पुनः पानी परेन भने आइतबार सम्म सडक संचालन हुने बताइएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button