मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

ताडी बसपार्कमा रोकीएका गाडी गन्तब्य तिर लागे

कालीकोट– चार दिन देखि अवरुद्ध भएको कर्णाली राजमार्गका कारण ताडी बसपार्कमा रोकिएका गाडी गन्तब्य तिर लागेका छन् । सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालीकोट खण्डको सडक खुलेपछि ६३ भन्दा बढी गाडीहरु गन्तब्य तिर लागेका हुन् । कालीकोट खण्डको अवरुद्ध सडक खुलेपछि गाडीहरु छोडीएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

बर्षाका कारण पहिरो संगै आएको बाढीले अवरुद्ध भएको हुल्म, एसमोड र गगनेखोलाको पहिरो हटाएपछि आजै कालीकोट खण्डको सडक खुलेकोे हो । कालीकोट खण्डको सडक खुल्य पनी दैलेख खण्डको किटु र दहिखोलामा पहिरो पन्छाउने काम भइरहेकोले आज साँझ सम्म सडक सूचारु हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button