मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

तिला नदीमा बगेर एक जना बेपत्ता

कालीकोट– तिला नदीमा पौडी खेल्नेक्रममा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तिलागुफा नगरपालिका ७ का हिक्मत बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । तिलागुफा नगरपालिका ६ गाल्जेमा बसोबास गर्दै आएका १४ बर्षिया बम मंगलबार दिउँसो पौडी खेल्ने क्रममा तिलानदीमा बेपत्ता भएका हुन् । बम सत्यदेबी माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यायनरत थिए । बेपत्ता बमको खोजीकार्यका लागि जिल्लाबाट नेपाल प्रहरी र सशत्र पहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अजुर्न केसीले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button