मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

 कालीकोट- पलाँता गाउँपालिकाकाे सामाजिक बिकास शाखा कालिकोटले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि सरोकारवाला माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा पलाँता गाउँपालिका उपाध्यक्ष अलैपुरा जैशी हमाल प्रमुख अतिथि, वडा न ९ का अध्यक्ष मानसिंह बम बिशेष अतिथि, पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ अतिथि रहनु भएकाे छ ।

अभिमुखिकरण कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, पत्रकार, होटल व्यवसायी, यातायात व्यवसायी, पालिका भित्रका विभिन्न शाखाका प्रतिनिधि, संघ सस्थाका कर्मचारी लगायतको सहभागीता रहेकाे थियाे । प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष जैशीले पछाडि पारिएका समुदाय, क्षेत्र र बर्गलाई सचेतना मुलक कार्यक्रम मार्फत अगाडी बढाउन गाउँपालिकाले बिभिन्न कार्यक्रम गरिरहेकाे बताउनु भयाे । राज्य सुस्त गतिमा अघि बढिरहेको कुरालाई इंगित गर्दै विकासलाई सामाजिक समावेशीकरण र लैङ्गिक हिंसा, महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडावर्ग, उत्पीडित, विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागिताका विषयमा प्रष्ट पार्नु भयाे ।

त्यस्तै वडा अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथि मानसिंह बमले  महिला, बालबालिका, आदिबासी जनजाति, मानव अधिकार लगायतका क्षेत्र संगै शैक्षिक क्षेत्रका बिषयमा आफ्नो बिषयबस्तु राख्नु भयाे।  अभिमुखिकरण कार्यक्रमका बिषयमा प्रमुख प्रशिक्षक एवं पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका बिषयमा प्रष्ट पार्नु भयाे । कार्यक्रमका विषयहरु उठाउन गर्दै नागरिक कर्तव्य तथा अधिकार र दायित्व, महिला तथा बालबालिका हिंसा, सामाजिक अन्धविश्वास, कुप्रथा तथा कुसंस्कार,लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण, महिला तथा बाल हिंसा, नागरिक कर्तव्य तथा दायित्व, सामाजिक कुरिती लगायतका बिषयमा सहजकर्ता अस्मिता उपाध्याय र हिरा थापाले सहजिकरण गर्नु भएकाे थियाे ।

पुर्णसिह बम

पत्रकार पुर्णसिंह बम कालीकोटमा बसेर फोटो पत्रकारीता गर्नु हुन्छ ।

Related Articles

Back to top button