मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाचारसमाज

तिला माविको बार्षिक उत्सव सम्पन्न

महाबै– तिला नमुना माध्यमिक विद्यालय गैराखाडाको ३० औं बार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करन बहादुर सिंहको अध्यक्षता भएको बार्षिक उत्सव कार्यक्रमा महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको प्रमुख अतिथि, उपाध्यक्ष दान बहादुर सेजुवाल बिषेश अतिथि, गाउँपालिकाका शाखा प्रमुखहरु, शिक्षा प्रेमी, अभिभावक, बिद्यार्थी लगायतको सहभागीतामा रहेको बताइएको छ ।

बिद्यालयका प्रधानाध्यापक दिनेश बहादुर शाहीले बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको शिक्षक टक्क बहादुर सिंहले बताउनु भयो । कार्यत्रमको संचालन शिक्षक सर्जन सिंह र सुमन सिंहले गर्नु भएको बताइएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button