मिति:- २९ फाल्गुन २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरराजनीतिस्थानीय

तिलागुफामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कालीकोट–तिलागुफा नगरपालिका ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । सरकारले स्थानीय तह उपनिर्वाचन २०८१ मंसिर १६ गते तोकेपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको जिल्ला निर्वाचन अधिकारी धन बहादुर मल्लले बताउनु भयोे ।

स्थानीयतह उपनिर्वाचन, २०८१ का लागि शुक्रबार तिलागुफा ४ को वडा कार्यालय परिसरमा रहने गरी कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी र नारायण प्रसाद भट्टराईले बताउनु भयो ।

नगर उपप्रमुख महेन्द्र बहादुर शाहीकाे अध्यक्षता, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत माननीय आनन्दराज पन्त प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई स्थानीयतहमा कृयाशिल सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, जिल्लामा रहेका चार वटै सुरक्षा निकायका प्रमुख, पत्रकार एवम् अन्य सरोकारवाला निकायको उपस्थिति कार्यालय उद्घाटन गरिए छ ।

२०७९ असोज २३ आइतबार गएको पहिरोमा परि तिलागुफा नगरपालिका ४ का वडा अध्यक्ष परबहादुर शाही सहित मलामी गएका १३ जना बेपत्ता भएका थिए ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker