मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरविचार

अपेक्षित किन बन्छन् श्रमिक ?

काठमाडाै‌- श्रमिक अधिकारलाई सुनिश्चित हुने उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मे दिवस मनाउने गरिन्छ । आठ घण्टा काम ८ घण्टा आराम आठ घण्टा मनोरञ्जन माग राखी संगठित रूपमा मजदुर आन्दोलनसन् १८८० को दशकमा भएको थियो। त्यसैको फलस्वरूप सन् १८८६ मे१ मा अमेरिकाको सहरमाआम हड्ताल गर्दै सडकमा उत्रिएपछि कयौँ मजदुर गिरफ्तार र केहीलाई मृत्युदण्ड समेत दिइयो। त्यसको चार वर्षपछि अमेरिकी सरकारले मजदुरका माग पूरा गरेको थियो। त्यही आन्दोलन को सम्झना गर्दै सन् १८९० देखि विश्वभरिमे मे १ एक तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो।

          नेपालमा जारी भएको नेपालको संविधान २०७२ ले श्रमिकका आधारभूत अधिकारलाई मौलिक हकका रुपमा स्वीकारेको छ। नेपालको संविधान भाग ३ धारा ३४ मा श्रमको हकको व्यवस्था छ कानुन श्रममैत्री छैन त्यसको कार्यान्वयन हुन सकेको देखिँदैन। त्यसैले श्रमिक पेशाकर्मीको सेवा सुरक्षा र वृत्ति विकास समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गराउन सबै ट्रेड युनियन एकताबद्ध ढंगले अगाडि बढ्न आवश्यक छ।

      मुलुकको गरिबी पछौटेपन र विदेशिनुपर्ने बाध्यतालाई हटाउन हजारौं युवा राजनीतिक आन्दोलनमा सहभागी भए । युवाकै बलिदानीको परिणाम नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक बन्यो।देशमा उद्योग कल कारखाना रोजगार दिनेगरी युवाले गरेको श्रम अनुरूप सुविधा दिन सकेका छैनन्।नेपालमा श्रम शोषण भएको पुष्टि हुन्छ। श्रम शारीरिक र मानसिक दुवै हुन्छ। कतिपय अवस्थामा शारीरिक श्रमलाई घृणाको भावले हेर्ने परिपाटी पनि छ। जिम हल र ब्याडमिन्टन मा समयको श्रम त्यता बिताउने जमात पनि छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब सामाजिक सुरक्षा वृद्धि विकास श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाइए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको देखिन्छ ।

    एसियाली देश जापानमा एक महिनाको तलब एक हजार २०९ अमेरिकी डलर छ । सिङ्गापुरको एक हजार ४०० अमेरिकी डलर छ । भने नेपाल को न्युनतम तलब , प्रति महिना १७ हजार ३०० रुपियाँ छ, जुन १२९ अमेरिकी डलर मात्र हुन आउछ।

    सरकारले सामाजिक सुरक्षा योजनालाई अनौपचारिक र स्वरोजगार र सरकारी करार , ज्यालादारी ,अस्थायी, सेवामा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकिएमा मात्रै १३५ अन्तराष्ट्रिय श्रमिक दिवस यस वर्षको राष्ट्रिय नारा ‘ मर्यादित काम , श्रमिकको सम्मान ‘ सो नारा सार्थक भएको मानिने थियो।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker