मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कहिले कहाँ लगाइदै छ ? टाइफाइट बिरुद्धको खोप (तालिका सहित)

कालीकोट– टाइफाइट बिरुद्धको खोप पहिलो चरणमा पलाँता, नरहरीनाथ, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा बिहिबार देखि सुरु भएको छ । १६ बर्ष देखि ४५ बर्ष उमेर समुहका सबै नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतलृ बताउनु भयो । खोप कार्यक्रम तीन दिन सम्म चल्ने छ ।

त्यस्तै दोस्रो चरण अन्तरगत पौष १६ गते देखि १८ गते सम्म पचालझरना, सान्नीत्रिणेणी, शुभकालीका गाउँपालिका र रास्कोट, खाँडाचक्र नगरपालिकामा खोप कार्यक्रम संचालन गरिने छ । बिहिबार पलाँतामा ९ सय ९३ जना, महाबैमा १ हजार ७४ जना, नरहरीनाथमा १ हजार ३ सय ५४ जना र तिलागुफामा १ हजार ३ सय ६० जना गरि कुल ४ हजार ७ सय ८१ जनाले टाइफाइट बिरुद्धको खोप लगाएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button