कर्णाली प्रदेशताजाखबरसमाचारसमाज
आगलागी पीडितलाई नगरपालिकाको राहत
![](http://newsredpanda.com/wp-content/uploads/2023/11/385551826_810103814250178_8271927967553400749_n-780x470.jpg)
कालीकोट–रास्कोट नगरपालिकाले मिमा कामीलाई राहत प्रदान गरेको छ । १२ गते रास्कोट ७ निवासी कामीको घरमा आगलागी हुँदा घर भित्र रहेका दैनिक उपभोग्य बस्तु तथा कपडा जलेका थिए । वडा बाट ढिलो जानकारी आएकाले समयमै राहत वितरण गर्न नसकिएको नगरपालिका उपप्रमुख मनिराज बरालले बताउनु भयो । रास्कोटमा घरको वीमा गरिएको भएपनि उहाँले वीमा रकम र राहत कहाँबाट कसरी लिने भन्ने बारे जानकारी नभएकाले ढिलाइ भएको उहाँले बताउनु भयो । रोजागरीको सिलसिलामा कामीका छोराबुहारी भारतको बेङलोरमा छन् । घरमा दुई जनाको परिवार मात्र रहेको बताइएको छ । कामी विपन्न घरपरिवारको सदस्य हुन् ।