मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

वनमा आगलागी हुँदा एक जनाको मुत्यु, दुई जना घाइते

कालीकोट- नरहरीनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा शनिबार आगलागी हुँदा एक जनाको मुत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वनमा काठ काट्न गएका १२ जना मध्ये ३ जना आगलागीमा परेर जलेका हुन् ।

मुत्यु हुनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षिया जयलाल बिक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरीनाथ गाउँपालिका ८ का ४७ वर्षिया अदाने विष्ट र वर्ष ३२ का धिरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी बताउनु भयो ।

आगलागीबाट घाइते भएका अदाने सिंह विष्टलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको र उपचार सम्भव नभए पछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर द्वारा किर्तिपुर अस्पताल रिफर गरिएको छ । अछामको पन्चदेवल सामुदायिक वनबाट सुरु भएको आगलागी नरहरिनाथ ८ को सामुदायिक वनमा लागेको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button