मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

अख्तियारमा अनियमिताकाे चाँङ, सबै भन्दा बढी अनियमितता मुगुमा

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका रहेका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० को हाल सम्म करिब १२ सय उजुरी दर्ता भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट साउन देखि माघ मसान्त सम्म एक हजार एक सय ८९ उजुरी परेका छन । ति मध्य हाल सम्म दुई सय ७० उजुरी फच्र्यौट भएका कार्यालय सूचना अधिकारी भेषराज रिजालले बताउनु भयो । अनियमितता सम्बन्धी ४ सय भन्दा बढी उजुरीको निर्णय गर्न बाकी रहेको उहाँको बताउनु भयाे ।

तथ्याङ्क अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह शिक्षा, कृर्षी सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गतका उजुरी आएका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुबाट अनियमितता सम्बन्धी उजुरी धेरै दर्ता भएका छन् ।

कार्यालयले वितृत तर्फ २७ वटा मुद्धा विशेष अदालत काठमाण्डौँमा पठाएको छ । त्यस मध्ये मुगुका मात्रै १० वटा मुद्धा छन् । अन्य जिल्लाको तुलनामा साविक कर्णालीका ५ जिल्लाहरुमा अनियमितताका उजुरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीमा भ्रष्टाचार न्युनिकरणका लागि अख्तियारले अनूसन्धान र पर्वद्धनात्मक कार्यक्रमलाई जोड दिइएको सूचना अधिकारी रिजालले बताउनुभयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button