मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरियो

कालीकोट- जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टर मार्फत एक जना सुत्केरीको उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्याधिक रक्तश्राप भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । रावतलाई थप उपचारका लागि हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चा भन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अध्याधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनु भयो । उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयू मा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ । हवाई उद्धारका लागी कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग रावत,प्रमुख जिल्ला अधिकारी जोरा सिङ माझी र सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले आवश्यक समन्वय गर्नु भएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button