मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

जीप दुर्घटना हुँदा सुर्खेतमा चार जनाको ज्यान गयाे, एक जना घाइते

सुर्खेत –  जीप दुर्घटना हुँदा सुर्खेतमा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्। शनिबार राति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका-११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा  जीप चालक वीरेन्द्रनगर-७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका-५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर  गाउँपालिका-३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button