
कालीकोट– शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा विपद् व्यवस्थापन लगाएतका बिषयमा छलफल गर्न आइतबार कालीकाेट र जुम्लाकाे सिमाना नाग्मामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक बसेकाे छ ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईकाे अध्यक्षता र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माकाे विशिष्ट उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे । त्यसैगरी साेही दिन मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाे अध्यक्षता र कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईकाे विशिष्ट उपस्थितिमा दुबै जिल्लाको समग्र सुरक्षा अवस्थामाथि समीक्षा तथा छलफल गरिएकाे छ।
सम्पन्न दुबै बैठकमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा विपद् व्यवस्थापन, सार्वजनिक यातायातको सुरक्षासम्बन्धीका विषयमा सूचनाको आदान-प्रदान गरी समन्वयात्मक कार्य गर्नु पर्ने निष्कर्ष निकालिएकाे कालीकाेटका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी जनक शर्माले बताउनु भयाे। बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा रहेकाे बताइएकाे छ ।