मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबर

कालीकोटमा कांग्रेस अधिवेशन : पौडेल पक्ष बलीयाे

नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बहादुर बमले बताउनु भयाे ।

९ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा स्थानीयतहकाे नेतृत्वमा देउवा पक्षका नेता आएका छन् । पौडेल पक्षले नेतृत्व गरेको स्थानीय तहहरुमा तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, पालाता गाउँपालिका, पचालझरना गाउँपालिका, सानी त्रिवेणी गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रहेका छन् । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

सभापति बमका अनुसार उनकाअनुसार तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् ।

त्यस्तै रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएका छन् ।

कालीकोटमा रामचन्द्र पौडेल पक्षको नेतृत्व वर्तमान सभापति हर्ष बम र युवा नेता भूपेन्द्रजंग शाहीले गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व भने पूर्व जिल्ला सभापति कालीबहादुर सहकारीले गर्दै आएका छन् ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker