मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

जग्गा छनोटमा समन्वय प्रमुख बाधक

कालीकोट– नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा छनोटमा समन्वय प्रमुख बाधक रहेको स्थानीयले आरोप लगाएका छन् । तत्काल बिद्युत कार्यालयको जग्गा छनोट गर्न माग राख्दै खाँडाचक्र नगरपालिका ३ र ४ का स्थानीयले सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँबाट जिल्ला सदरमुकाम पुगेका स्थानीयले जिल्ला समन्वय समिति प्रमुख धनजित शाही र प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । २०७६ सालमा नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा छनोट गरि भवन निर्माण गर्न करिव १ करोड भन्दा बढी रकम जिल्ला आएको थियो । त्यस बेला जग्गा छनोटमा राजनीतिक सहमती हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले काम अगाडी बढाउन सकेन ।

२०७६ साल देखि हाल सम्म नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले जग्गा प्राप्ती गर्न सकेको छैन । २०७६ मा जग्गा छनोट गर्न बनेको समितिले जिल्लाका दुई स्थानमा जग्गा हेरेको थियो । त्यस बेलाको समितिले खाँडाचक्र नगरपालिका ३ ताडीगाउँको जग्गा उपयुक्त रहेका बताएको थियो । यस पटक पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा छनोट समितिले जग्गाको बनोट, मुल्य, बाटोको अवस्था लगायतका आधारले खाँडाचक्र नगरपालिका ३ ताडीगाउँको जग्गा उपयुक्त रहेको सिफारिस गरेको छ । तर समन्वय प्रमुख धनजित शाहीले सदरमुकाम रहेको मान्म १ स्थीत आफ्नो आफन्तको जग्गामा बनाउनु पर्ने अडान राख्दै आउनु भएको स्थानीय भानुप्रभात पाण्डेले बताउनु भयो ।

“सबैलाइ सहजहुने र पाएक पर्ने उपयुक्त स्थानमा जग्गा छनोट गर्नु पर्छ भन्ने आफ्नो ब्यक्तीगत धारणा रहेको समन्वय प्रमुख धनजित शाहीले बताउनु भयो ।” समरमुकाम रहेको खाँडाचक्र बजारबाट ताडीगाउँ करिव १ किलो मिटरको दुरीमा छ । कर्णाली राजमार्गले छोएको र आउजाउ गर्न सहज रहेको ठाउँमा स्थानीयले आवश्यक पर्ने जग्गा कालीकोट वितरण केन्द्रलाइ उपलब्ध गराउन ताडीका स्थानीय तयार रहेको सामाजिक अगुवा कुल प्रसाद पाण्डेले बताउनु भयो । समन्वय प्रमुख शाही खाँडाचक्र नगरपालिका १ का स्थायी बासिन्दा हुन् ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker