मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालीकोट– जिल्ला खोप समन्वय समितिका पदाधिकारी संचारकर्मी र सरोकारवाला निकाय बिच दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उच्च प्राथमीकतामा रहेको खोप कार्यक्रम २०३४ साल देखि सुरु भएको थियो । १३ थरिका बिभिन्न खोपहरु १६ हजार भन्दा बढी खोप केन्द्र बाट १५ बर्ष सम्मका बालबालिकाहरुलाई र गर्भवती महिलाहरुलाई लगाइन्छ । खोप कार्यक्रम सफल र सबै भन्दा लागत प्रभावकारी भएको कार्यक्रम हो । बाल मृत्युदर घटाउन खोप कार्यक्रमको महत्वपुर्ण भुमिका छ ।


दादुरा–रुबेला खोप अभियान संचालन गर्न स्वास्थ्य सेवा कार्यालय कालीकोटले अनुमानीत २ सय २७ वटा खोप सेसन संचालन गर्ने भएको छ । प्रत्येक सेसनका एक जना स्वास्थ्यकर्मी र २ जना स्वयमसेवक रहने छन् । दादुरा–रुबेला खोप जिल्लामा दुई चरणमा संचालन हुने भएको छ । पहिलो चरण अन्तरगत खाँडाचक्र र तिलागुफा नगरपालिका, नरहरिनाथ, पलाँता र महाबै गाउँपालिकामा फाल्गुण १३ देखि १५ गते सम्म संचालन गरिने भएको छ । त्यस्तै दोस्रो चरण अन्तगत रास्कोट नगरपलिका, पचालझरना, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा फाल्गुण १७ देखि १९ गते सम्म संचालन हुने भएको छ ।


जिल्ला प्रशासन कार्यालयको सभाहलमा संचालन भएको कार्यक्रमका खाँडाचक्र नगरपालिकाका कार्यबहाक नगरप्रमुख नन्द बहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, गैह्सरकारी संस्था महासंघका अध्यक्ष बिरेन्द्र बुढा, उद्योग बाणिज्य महासंघका अध्यक्ष रतन बहादुर शाही, बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार र सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य सेवा कार्यालयका डाक्टर चन्दा शाह र सूचना अधिकारी कटक बहादुर महतले गर्नु भएको थियो । जिल्ला समन्वय समिति उपप्रमुख मिना रावतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button